Logo

रास्वपाका सांसदहरुविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी, तीन वर्ष कैद र ३० हजार जरिवाना मागदाबी



काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, गणेश पराजुली, मनिष झा र सन्तोष परियारविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा उनीहरुविरुद्ध युवराज पौडेल ‘सफल’ ले जाहेरी दिएका हुन् ।

सहकारी ठगीसम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिको सिफारिसमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको, सरकारले गरिरहेको अनुसन्धानमा भाँजो हालेर प्रभावित पार्न खोजेको, लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेको, अनुसन्धानलाई निष्प्रभावी बनाउन खोजेको जाहेरवालाको दाबी छ ।

उनीहरुले मुलुकी अपराध संहिता–२०७४ को दफा ५० राजद्रोहसम्बन्धी व्यवस्थाको उपदफा ३ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्