Logo

ठूला दल मिल्दा लमजुङलाई चिठ्ठा, प्रत्यक्ष निर्वाचित तीनै जना सांसद बने मन्त्री



काठमाडौं । गण्डकी सरकारमा रिक्त रहेका वन मन्त्रालयले नेतृत्व पाएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ । स्वतन्त्र सांसद दीपक मनाङेले छाडेको वन मन्त्रालयमा कांग्रेसका भेषराज पौडेल नियुक्त भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

गण्डकी सरकारले पूर्णता पाउँदा लमजुङबाट निर्वाचित प्रत्यक्षतर्फका तीनै जना सांसदले मन्त्री हुने मौका पाएका छन् । लमजुङबाट संघमा निर्वाचित पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभामा निर्वाचित डा. टकराज गुरुङ र भेषराज पौडेलले मन्त्री हुने अवसर पाएका हुन् ।

नेकपा एमालेका उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सूचना सञ्चार तथा प्रविधिमन्त्री छन् । उता प्रदेश सभामा निर्वाचित डा.गुरुङ अर्थमन्त्री र पौडेल वनमन्बी छन् । डा.गुरुङ लमजुङको प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् । उनले गण्डकीको भावि मुख्यमन्त्रीको रुपमा हेरिएका एमालेका प्रभावशाली नेता जमिन्द्रमान घलेलाई पराजित गरेर निर्वाचित हुँदा पौडेलले पूर्व मूख्य न्यायाधीवक्ता कृष्ण अधिकारीलाई पराजित गरेका थिए ।

दुई ठूला दल मिलेर संघदेखि प्रदेश सरकार पुनर्गठन हुँदा लमजुङलाई चिठ्ठा परेको छ । लमजुङबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद एकैपटक मन्त्रीको कुर्सीमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्