Logo

कानुन व्यवसायी कल्याणकारी कोष कार्यान्वयनमा, अधिवक्ताहरुले आर्थिक सुविधा पाउने



काठमाडौं, ६ कार्तिक । नेपाल कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायी कल्याणकारी कोष (सञ्चालन) नियमावली २०८१ कार्यान्वयनमा ल्याएको छ । परिषद्को गत असोज १७ र १८ गते बसेको १६२औं बैठकले कल्याणकारी कोष (सञ्चालन) नियमावली कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

कल्याणकारी कोष सञ्चालनमा आएसँगै आर्थिक सहयोगको आवश्यकता परेका कानून व्यवसायीहरुले आफू सदस्य रहेको बार एकाईको सिफारिससहित परिषद्मा निवेदन दिएर सहायत लिन सक्नेछन् ।

जुनसुकै प्रकारको क्यान्सर भएको, मुटुको सल्यक्रिया गर्नु पर्ने भएको (ओपन हर्ट सर्जरी, पेश मेकर राख्नु परेमा वा वाईपास सर्जरी गर्नु परेमा), दुबै मृगौलाले काम नगर्ने भएमा वा डायलासिस गर्नु परेमा, फोक्सो वा कलेजो काम नलाग्ने भएमा, मस्तिकघात वा प्यारालाईसिस भई कुनै कुनै एक वा दुबै हात खुट्टा चल्न नसक्ने भएमा, कुनै दुर्घटनामा परी शारीरिक वा मानसिक अपाङ्गताको कारण वा अन्य गम्भीर रोगको कारण एक महिना वा सो भन्दा बढी अस्पतालमा भर्ना भई उपचार गर्नु पर्ने भएमा र दैबी वा प्राकृतिक प्रकोपबाट घरवारबिहीन भएमा कानुन व्यवसायीहरुले आर्थिक सुविधा पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्