Logo

भिस्तारा एयरको जहाजमा बमको हल्ला



काठमाडौं, ६ कार्तिक । त्रिभुवन विमानस्थलमा अवतरण भएको भिस्तारा एयरको भारतीय जहाजमा बमको हल्लापछि चलेपछि प्रहरीले सर्च थालेको छ ।

उक्त जहाज भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको थियो । यूके १५५ कलसाइन रहेको सो विमान साढे ४ बजे काठमाडौंमा ल्याण्ड भएको थियो । सो विमानमा १ सय ५७ यात्रु थिए ।

जहाजमा बम रहेको हल्लापछि प्रहरीले सर्च गरिरहेको छ । प्रहरीले तालिमप्राप्त कुकुरहरुको पनि सहायता लिइरहेको छ । भारतीयले विमानको सक्युरिटीलाई ह्वाट्स एपमार्फत विमानका बम रहेको धम्की आएको थियो ।



प्रतिक्रिया दिनुहोस्