Logo

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रीमण्डल अझै अपूर्ण



काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।

मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्रीले बुटवलस्थित प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको कार्यालय बिहीबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ ।

प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । तर, अझै मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो रहेको हो ।



प्रतिक्रिया दिनुहोस्