Logo

पोखरेलीले साथ नदिएपछि फेरियो रास्वपाको बोली, मनिष भन्छन्: रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँ



काठमाडौं । सहकारी ठगी पक्ररणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आन्दोलनकै बलमा छुटाउन पोखरा पुगेका रास्वपाका नेता कार्यकर्तालाई पोखरेली जनताले साथ नदिएपछि आन्दोलन स्थगित गर्ने तयारी भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको छ ।

यता पोखरेलीले साथ नदिएपछि रास्वपा नेताहरुले आफ्नो बोली फेरेका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री मनिष झाले आफूहरु रविलाई छुटाउन पोखरा नआएको दाबी गरेका छन् । झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । बरु उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।

‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’ सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्