Logo

सुवेदीले अवकाश पाएपछि रिक्त सचिवमा विष्टको नाम सिफारिस



काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे उमेद हदका कारण अवकाश पाएपछि उक्त ठाउँमा रघुराम विष्ट बढुवा हुने भएका छन्। सुवेदीले कार्तिक ५ गते सचिवबाट अवकाश पाएका हुन्।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले वरिष्ठताका आधारमा विष्टलाई सचिवमा बढुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। अब बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। हाल गण्डकी प्रदेशको कायममुकाय प्रमुख सचिव रहेका विष्ट त्यहीँ ठाउँमा पदस्थापन हुने सम्भावना छ।



प्रतिक्रिया दिनुहोस्