Logo

रवि लामिछानेको तिहार हिरासतमै हुने सम्भावना बढ्यो



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पोखराको सूर्यदर्शनलगायतका सहकारीको रकम अपचलन भएको आरोप लागेका लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई यसअघि अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पहिलेको ६ दिन र आज थपिएको ७ दिन गरेर १३ दिल लामिछाने हिरासमा बस्ने पक्का भएको छ । आज थपिएको ७ दिनमा पनि अनुसन्धान नसकिए फेरि म्याद थपका लागि अदालत लगिनेछ ।

लामिछानेलाई पोखरासँग बुटवल पनि लैजाने प्रहरीको तयारी छ । बुटवलको सुप्रिम सहकारी ठगीमा पनि रवि जोडिएका छन् । पोखरा पछि रविलाई बुटवल लगिए र फेरि म्याद थपिएमा उनको आगामी तिहार प्रहरी हिरासतमै बित्ने सम्भावना छ । ठगी रसंगठित अपराधको मुद्दामा पक्राउ परेका उनीमाथि सम्पत्ति शुद्धीकरण पनि लगाउने प्रहरीको तयारी छ । सम्पत्ति शुद्धीकरणमा पनि छानबिन भएमा उनी ९० दिनसम्म हिरासतमा रहन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्