Logo

साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई १३-० ले हराउँदै जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटान शानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाललाई समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले हराउनु पर्नेछ।

भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरिन्। खेलको ४७ औँ मिनेटमा डेकी लाजोमले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।



प्रतिक्रिया दिनुहोस्