Logo

राप्तीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु



काठमाडौं। दाङको राप्ती नदिमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं २ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदिमा डुबेर लमही नगरपालिका २ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा ४ खडकपुर हाल लमही नगरपालिका ५ लमही गल्ली बस्ने १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्