Logo

सहसचिव रघुराम विष्ट सचिवमा बढुवा



काठमाडौं । सहसचिव रघुराम विष्ट सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। गण्डकी प्रदेशमा कायममुकायम प्रमुख सचिव रहेका विष्ट सचिवमा बढुवा भएपछि गण्डकी कै प्रमुख सचिवमा पदस्थापन भएका छन्।

बुधबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले वरिष्ठता आधारमा विष्टलाई सचिवमा बढुवा गर्न एकल सिफारिस गरेको थियो। त्यसै अनुसार मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि विष्टलाई सचिवमा बढुवा हुने बाटो खुलेको हो।



प्रतिक्रिया दिनुहोस्