Logo

माओवादी नेतृत्वलाई लेखनाथको सुझाव: घण्टी अध्यक्षको बचाउमा उत्रिएर अर्को गल्ती नगरौं



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले सहकारी ठगीमा जोडिएर प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा पार्टी नेतृत्व लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्षसमेत रहेका न्यौपानेले वर्तमान सरकारको रंगढंगबारे तथ्यगत विरोध गरेपछि घण्टी पार्टी (रास्वपा) को अध्यक्षको बचाउमा नेतृत्व लाग्न नहुने बताएका छन् ।

रविको बचाउ गरेर माओवादीले विगतमा पनि गल्ती गरेको भन्दै फेरि अर्को गल्ती गर्न नहुने उनको भनाइ छ । ‘ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं तर, हामी माओवादीले घण्टी अध्यक्षको बचाउमा अर्को गल्ती नगरौं, विगतमा उनकाबारे हामीले गम्भीर गल्ती गरिसकेका छौं,’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्