Logo

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरू



काठमाडौं । सत्तारुढ दलको बैठक सुरु भएको छ । सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

यसअघि बुधबार बसेको सत्ता समीकरणको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दलहरू एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा सरकार गठन भएको एक दिनको समिक्षा लगायतका विषयमा छलफल भएको थियो ।

आजको बैठकमा पनि वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।

यसअघिको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्