Logo

एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ, यो कुरा नेतृत्वलाई बुझाउनुपर्छ: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग आगामी निर्वाचनमा भिडेर जान गाह्रो हुने भन्दै यसबारेमा नेतृत्वले बेलैमा बुझ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफूहरुको प्रतिस्पर्धी दल भएको तर, राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको जिकिर गरे । नेता कोइरालाले कांग्रेस र एमाले बीचको सहमति अनुसार केपी शर्मा ओली २ वर्ष र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए ।

उनले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुई बर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएइर जाने कुरा छ कांग्रेसको चाहना पनि त्यही हो। तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो। सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ। एमाले प्रतिस्पर्धी पनि हो। सरकारमा पनि छौं। सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ। होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ। यो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्