Logo

प्रचण्डलाई प्रकाशचन्द्र लोहनीको प्रश्न: क्रान्ति भनेको रिसोर्टमा सेकुवा र ह्विस्की पिए जस्तो हो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलार्ई आवश्यक परे फेरि अर्को क्रान्ति गर्ने उद्घोष गरेपछि राष्ट्रिय प्रजातन्त्त पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले कडा टिप्पणी गरेका छन् ।

शनिबार माओवादी केन्द्रले काठमाडौंमा गरेको खबरदारी सभामा अध्यक्ष प्रचण्डले उमेर ७० वर्ष पुग्न लागेपनि देशले चाहेमा क्रान्तिमा होमिने बताएका थिए । प्रचण्डको सो अभिव्यक्तिप्रति टिप्पणी गर्दै पूर्व अर्थमन्त्री लोहनीले क्रान्ति खोलाको किनारामा बसेर सेकुवा र ह्विस्की खाएजस्तो नभएको बताएका छन् ।

‘माओवादी अध्यक्ष तथा भूपू प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आट छ भन्नुभएछ। के क्रान्ति भनेको कुनै खोला किनारको रिसोर्टमा बेलुका सेकुवा र ह्विस्की पिए जस्तो हो र रु क्रान्तिको लागि सरकारमा हुँदा या नहुँदा कमाएको भ्रष्टाचारको इतिहास बाहेक अब उहाँसँग कुनै सिद्धान्त छ र ?’, उनले भनेका छन् ।

लोहनीले प्रचण्डले पूजीवादको विरोधलाई प्रचण्डले सत्तामा जाने भर्याङमात्र बनाएको आरोप लगाएका छन् । ‘दाहालजीले क्रोनी पूजीवादलाई सत्ताको हतियार बनाउनु भयो । मार्क्सवाद र माओवादलाई जनता छक्याउने हतियारको रूपमा प्रयोग गर्नुभयो । भने राष्ट्रवादलाई बिदेशी मित्र राष्ट्रको लागि सुबिधाजनक रूपमा प्रयोग गर्ने घोषणा गर्नुभयो । अब उहाँहरुको लागि न मार्क्सबाद, न पूजीवाद, न राष्ट्रबाद कुनै पनि काम नलाग्ने भएका छन सिर्फ सत्ताको आडमा धनवादमात्र सिद्धान्त भएको छ । यो आलोचना नभएर यथार्थता हो’ ।



प्रतिक्रिया दिनुहोस्