Logo

साफ महिला च्याम्पियनसिप: भारतसँग भिड्न तयार नेपाली टोली, तस्बिरहरु



काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ। खेल सुरु हुनुभन्दा अघि नेपाली र भारतीय टोली दशरथ रंगशाला पुगेका छन्।

रंगशालामा दर्शकहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ। यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश फाइनलमा पुगेको छ ।

तस्विर/ मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्