Logo

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली नजाने, गृहमन्त्री लेखकलाई पठाए



काठमाडौं । आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । आज दिउँसो सवा १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएपनि ओली अनुपस्थित हुने भएका छन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ । उक्त बैठकमा ओली पनि जाने संसद् सचिवालयले जनाएको थियो । तर,अन्तिममा ओली जान नभ्याउने भएपछि गृहमन्त्री रमेश लेखक बैठकमा जाने भएका छन् ।

समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक टुंगो लगाउँदा अख्तियार विधेयकलाई सँगै टुंग्याउने गरी यो विधेयकमा छलफल गर्न लागेको हो। समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि छलफल गर्न यसअघि नै उपसमिति गठन गरिसकेको छ।

हृदयराम थानीको संयोजकत्वको उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न छलफल जारी राखेको छ। अख्तियारसम्बन्धी विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिदेखि उसको क्षेत्राधिकारसम्मका विषय समेटिएका छन्।



प्रतिक्रिया दिनुहोस्