Logo

कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला, आत्माहत्या गरेको आशंका



काठमाडौं । काठमाडौँको कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला परेको छ।

कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ। तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्