Logo

ओली सरकारको आतंक र निरंकुशताविरुद्ध मोर्चा निर्माणको गृहकार्यमा प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशताविरुद्ध छिटै मोर्चा निर्माण गर्ने बताएका छन् ।

सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै साहले सरकारको आतंक एवं निरंकुशताविरुद्ध मोर्चाको आवश्यक भएकाले आफू त्यसको गृहकार्यमा जुटेको बताए ।

‘स्थायित्व, विकास, सुशासन लगायतको क्षेत्रमा पूर्णरुपमा असफल भईसकेकोले सरकारले राजीनामा दिनुपर्ने हो । तर, जनताको आवाज दबाउन र विपक्षीलाई तर्साउन लागेका वर्तमान सरकार निरंकुशतातर्फ लागेकोले देशलाई बचाउन एकीकृत मोर्चाको आवश्यक्ता छ’ उनलेले भने ।

सरकार असफल भईसकेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै उनले जनादेश विपरित संसदीय गणितको बलमा बनेको ओली सरकार छोटो समयमै गन्हाउन थालेको टिप्पणी गरेका छन् ।

‘संसदको सबैभन्दा पहिलो र दोस्रो ठुलो दल मिलेर लोकतन्त्रमा सरकार निर्माण हुदैन् । तर यहाँ लोकतन्त्रको मुल्यमान्यता एवं जनादेश विपरित नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार बनेको छ । के निर्वाचनमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँछौं भनेर जनतासंग मत मागेका थिए ? मतदातासंग एउटा प्रतिबद्धता गर्ने निर्वाचन सकेपछि अर्को मनलाग्दी गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप उनले लगाए । सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी साहले गरेका छन् ।

‘यो सरकार राजवादी भन्दा पनि निरंकुशशैलीमा अगाडी बढेको छ । बच्चा रुदा रोएको हो भन्ने कुरा पनि गर्न नपाउँनु भन्ने सरकारको नाजीवादी सोच र चाहना समाजका लागि हानिकारक छ’ साहले भने, ‘सरकारले गौर हत्याकाण्ड जस्ता जघन्य अपराधीलाई संरक्षण गर्ने, उसंग साठगाठ गर्ने गरेको देखियो । सरकारको विरोध गरेपछि रबी लामिछानेलाई पक्राउँ गर्ने र सरकारको समर्थन गर्ने गम्भिर अपराधका अपराधीलाई छोड्ने कामलाई हामीले के भन्ने ?’ ।

अध्यक्ष साहले सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञादिएका छन् ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्