Logo

एनपीएल: लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर कटिङलाई भित्र्याउँदा क्यानडाका कप्तान किर्टोन विराटनगरमा आवद्ध



काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) को लागि फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई टिममा आवद्ध गरेको छ ।

पहिलो संस्करणको एनपीएल हुनै लाग्दा टिमहरूले विदेशी खेलाडी भित्र्याइरहेका छन् । सोही क्रममा लुम्बिनीले बेनलाई टिममा आवद्ध गरेको हो ।

३८ वर्षका बेनले अस्ट्रेलियाका लागि ४ एक दिवसीय अन्तर्राष्ट्रिय र ७ टी-२० आई खेलेका छन् । उनी सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स्, कोलकाता नाइट राइडर्सलगायतमा रहेर इन्डियन प्रिमियर लिग खेलिसकेका छन् ।

उता विराटनगर कंग्सले भने क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको जनाएको छ ।

कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् ।

विराटनगरले यसघि पहिलो विदेशी खेलाडीको रुपमा ओमानका कप्तान अकिब इल्यासलाई अनुबन्ध गरिरहेको छ । विराटनरगका मार्कि खेलाडी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हुन् ।



प्रतिक्रिया दिनुहोस्