Logo

टक्सार विभागमा सुनको असर्फी किन्नेको भिड, तस्वीरहरू



काठमाडौं । तिहारको अवसरमार आज राष्ट्र बैंकले सुनको असर्फी बिक्री गरिरहेको छ । आज एक दिनका लागिमात्र २.५ ग्राम तौल भएको असर्फी वितरण गरिरहेको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

जसमा मंगलबार आज ११ बजेदेखि ४ बजेसम्म सर्वसाधारणले असर्फी किन्न पाउनेछन् । २.५ ग्रामको सुनको असर्फी राष्ट्र बैंकले आज एक दिनमात्रै बिक्री गर्नेछ भने चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक १४ गतेसम्म बिक्री गर्नेछ। जसमा सर्वसाधारणले प्रतिव्यक्ति बढीमा पाँच थानसम्म किन्न पाउनेछन् ।

आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ ।

स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धनतरेसको दिन आज विशेष गरि सुनको गरगहना किन्ने प्रचलन रहेको छ ।

तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टस नेपाल



प्रतिक्रिया दिनुहोस्