Logo

गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा मगरलाई उम्मेदवार बनाउने



काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । आज बसेको एमाले दोलखा जिल्ला कमिटीको बैठकले गौरिशंकरमा उमा लुंगेली मगरलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङको उपस्थितिमा एमालेले उम्मेदवार छानेको हो । उर्मिला थामीको नेतृत्वमा ५ सदस्यीय उम्मेदवार छनोट समिति बनाएकोमा सो समितिको सिफारिसका आधारमा मगरलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ । कांग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामबहादुर तामाङको निधनपछि मंसिर १६गते उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्