Logo

साफ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरू (लाइभ)



काठमाडौं । साफ च्याम्पियनसिप-२०२४ को फाइनल खेल सुरु भएको छ । फाइनलमा नेपाल बंगलादेशसँग भिड्दैछ । खेल दशरथ रंगशालामा खेल भर्खरै सुरु भएको छ । आजको खेलमा नेपालको एक खेलाडी परिवर्तन भएका छन् ।

यसअघि सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेल एक खेलमा निलम्बित हुँदा उनको स्थानमा मिडफिल्डर सरु लिम्बूले मौका पाएकी छन् । नेपाली टिम गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिने छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा पुगेका छन् । प्रधानमन्त्री रंगशालामा खेल हेर्न पुगेको हुँदा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ । सेमिफाइनलमा भारतलाई पाखा लगाउँदै नेपाल फाइनलमा पुगेको हो भने साविक विजेता बंगलादेशले भुटानलाई पाखा लगाएको थियो । 

नेपाली टिम: एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान गोलकिपर), गीता राना, अमिषा कार्की, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बू, प्रीति राई, सविता राना मगर र सावित्रा भण्डारी



प्रतिक्रिया दिनुहोस्