काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशसँग २-१ ले पराजित हुँदै फेरि उपविजेता बनेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले ‘लञ्च’ सहितको निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान ११ बजे फुटबल टीम र अफिसियललाई लञ्चसहित बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फाइनल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला पुगेका थिए। उपाधि नजिते पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै प्रधानमन्त्रीले बुधबार राति नै फेसबुकमार्फत प्रशंसा गरेका थिए।