Logo

२८ जना करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णय



काठमाडौं । पोखरा महानगरपालिकाले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेको छ । बिहीबार बसेको महानगरको कार्यपालिका बैठकले १० जना इन्जिनियर र १८ जना सव-इन्जिनियरलाई हटाउने निर्णय गरेको हो । करार सेवामा रहेका उनीहरुलाई कार्तिकसम्मको तलव भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको हो ।

यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो ।

करारमा रहेका कर्मचारी राख्ने कि फाल्ने भन्ने बारेमा कार्यपालकिा सदस्यबीच हानाथाप चलेको थियो । नेकपा एमालेबाट निर्वाचित सदस्यहरु हटाउन नहुने पक्षमा थिए भने नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तत्काल नहटाए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका थिए ।

बिहीबारको कार्यपालिका बैठकबमा कांग्रेसबाट निर्वाचित सदस्यहरु मात्र उपस्थित थिए । भने एमालेले बैठक बहिष्कार गरेको थियो । पोखराको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आर्चा छन् भने बहुमत कार्यपालिका सदस्य नेपाली कांग्रेसका छन् । कार्यपालिकामा बहुमत गुमाएको एमालेका भने उपमेयर मञ्जु गुरुङसहित १० जना सदस्य छन् । नगर सभामा भने एमालेको प्रष्ट बहुमत छ ।



प्रतिक्रिया दिनुहोस्