काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको रिहाइका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउसी भैलो खेल्ने भएको छ । सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको रास्वपाको आरोप छ।
कात्तिक २ गते रवि काठमाडौंबाट पक्राउ परेलगत्तै सडक आन्दोलन सुरु गरेको रास्वपाले सडक आन्दोलनबाट रवि नछुट्ने देखेपछि तत्कालका लागि आन्दोलन स्थगीत गरेको छ । पोखरामा केही दिन आन्दोलत गरेको रास्वपालाई पोखरेली जनताले साथ नदिएपछि काठमाडौं सरेको थियो ।
काठमाडौंको आन्दोलनले पनि उपलब्धि हुने नदेखिएको रास्वपाका नेताहरु बताउँछन् । केहीदिन काठमाडौंमा प्रदर्शन गरेपनि रवि तिहारपछि सम्म हिरासतमै बस्ने पक्का भएपछि रास्वपा आन्दोलनबाट ब्याक भएको छ । अब सडक आन्दोलनको सट्टा विभिन्न स्थानमा देउसी भैलो खेलेर सरकारविरुद्ध खबरदारी गर्ने रास्वपाको तयारी छ । त्यसका लागि विभिन्न प्रदेशका समितिसँग समन्वय भइरहेको रास्वपाका एक नेताले जानकारी दिए ।
पूर्व गृहमन्त्री लामिछाने २ कार्तिकयता कास्की प्रहरीको हिरासतमा छन् । दुई पटक गरी उनलाई आजसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको थियो । तर,आजैबाट अदालत तिहार बिदा परेको हुँदा कार्तिक २० गतेसम्म हिरासतमै रहनेछन् ।
दैउसी–भैलो खेल्दा संयमित हुन र व्यक्तिगत गालीगलौजमा नउत्रिन निर्देशन दिएको रास्वपाले जनाएको छ । सभापति पक्राउको विरोधमा उत्रिएका रास्वपाका नेताहरु पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताहरु विरुद्ध खनिँदै आएका छन् । यता दिनभर ‘ओली चोर देश छोड’को नारा लगाउने रास्वपाका नेताहरु साँझमा भने रविलाई बचाइदिनुपर्यो भन्दै ओली भेट्न बालुवाटार पुगेको भन्दै रास्वपामा यतिबेला असन्तुष्टि समत सिर्जना भएको छ ।
रास्वपामा रवि जेलमा हुँदा कार्यवाहक सभापति को बन्ने भन्ने लडाईं चल्दै आएको छ । दुई उपसभापति रहेका डीपी अर्याल र स्वर्णिम वाग्लेमध्ये एक जना कार्यवाहक हुने भनिए पनि हालसम्म कार्यवाहक तोकिएको छैन् । हिरासतमा रहेका रविले कार्यवाहक कसैलाई नदिएपनि डीपीले स्वघोािषत कार्यवाहक चलाएको भन्दै वाग्ले पक्ष असन्तुष्ट बनेको चर्चा छ ।
पार्टीमा डीपी सभापति लामिछानेका विश्वासपात्र हुन भने वाग्ले अर्को पक्षको नेतृत्व गर्ने नेतामा चिनिन्छन् । रविका विश्वासपात्र रहेका डीपीले केही दिनअघि प्रधानमन्त्री अोलीलाई सुटुक्क भेटेपछि रास्वपाको विवाद भुसको आगोसरि फैलिएको चर्चा घण्टीघरमा चल्ने गरेको छ ।