Logo

गत चुनावमै अस्वीकृत भएका महर्जनलाई माओवादी केन्द्रले कीर्तिपुरमा मेयरको उम्मेदवार बनाउने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उठाउने उमेदवार छनोट गरेको छ ।

माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलनई उमेदवमर बनाउन सिफारिस गरेको छ । उम्मेदवारमा सिफारिस महर्जन यसअघि जनताबाट एकपटक अस्वीकृत भइसकेका व्यक्ति हुन् । गत स्थानीय तह निर्वाचनमा पनि उनी मेयरका प्रत्यासी बनेका थिए । तर, तेस्रो भए ।

गत निर्वाचनमा कांग्रेसबाट उम्मेलदवार बनेका राजकुमार नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका केशवरत्न बज्राचार्यले ५५०७ मत ल्याएर दोस्रो हुँदा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० मत ल्याएका थिए । अघिल्लै निर्वाचनमा अस्वीकृत बनेका उनै महर्जनलाई फेरि माओवादीले उम्मेदवार बनाउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्