Logo

अमेरिकामा ह्यारिस-ट्रम्प जो राष्ट्रपति भएपनि नेपालसँगको सम्बन्धमा फरक पर्दैनः कांग्रेस नेता महत (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जुनसुकै उम्मेदवारले जिते पनि नेपालसँगको सम्बन्धमा अन्तर नआउने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रिपब्लिकन र डेमोक्र्याटमध्ये जसले चुनाव जिते पनि खास्सै फरक नपर्ने बताएका हुन् ।

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचन सकिएर मतगनणा जारी रहेको छ । सो निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्।



प्रतिक्रिया दिनुहोस्