काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ को बैठक सम्पन्न भएको छ । पार्टीका प्रतिनिधि, काङ्ग्रेस केन्द्रीय सदस्य, पूर्व महामन्त्री, पूर्वगृहमन्त्री, राष्ट्रिय सभा संसदीय दलको नेता कृष्ण प्रसाद सिटौला, काठमाडौं जिल्ला सभापती कृष्ण बानियाँ (सवुज) लगायतको प्रमुख उपस्थितिमा बैठक सम्पन्न भएको थियो । बैठकमा एक सयदिने अभियानअन्तर्गत विभिन्न बुँदाहरुमा छलफल भएको बताइएको छ ।
वडा तहदेखी पार्टिलाई कृयाशील बनाउने, नागरिकको मूलभूत समस्या, कृयाशील सदस्य नविकरणलगायतका विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा संविधानसभा सदस्य दिपक कुइकेल, नगरप्रमुख उपेन्द्र कार्की, कांग्रेस काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनी, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, नगर सभापति ,इकाई सभापति एवं भातृ संगठनको केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखेका थिए । भातृ संगठनको तर्फबाट नेपाल महिला संघ काठमाडौं क्षेत्र नम्बर २ की सभापति अमला थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेल, नेपाल विध्यार्थी संघ केन्द्रीय सदस्य सन्तोष चौलागाईले आ–आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय सभा संसदीय दल (कांग्रेस) नेता कृष्ण प्रसाद सिटौला, कांग्रेस काठमाडौं जिल्ला सभापति बानियाँलगायतले अभियानमा सम्पूर्ण तह र तप्काहरु पूर्ण कृयाशील भएर सफलता पूर्वक सम्पन्न गराउन निर्देशन दिए । बैठक क्षेत्रीय सभापति कविर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।