काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार बलराम सरदारलाई बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस मोरङको संसदीय समिति बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उम्मेदवारको सिफारिसमा परेका सरदार पूर्व महासमिति सदस्य हुन् । कांग्रेसबाटै निर्वाचित भएका जयप्रकाश गच्छद्धारको गत वर्ष हृदयघातका कारण निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
ग्रामथानमा यसअघि नेकपा माओवादी केन्द्रले कांग्रेस परित्याग गरेका नुमनारायण माझीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।