Logo

यू-१९ महिला विश्वकप एसिया छनोट: नेपालले दियो कुवेतलाई १३१ रनको विजयी लक्ष्य



काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोड्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् । ३८ बलमा ४ चौका हिर्काएकी उनी रनआउटको रुपमा आउट भएकी थिईन् । त्यस्तै ओपनर साना प्रविनले २५ रन थपिन् । १८ बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । ज्योत्सिका मरासिनीले २३ रन थपपेको खेलमा अलिसाकुमारी यादवले १५ रन बनाईन् भने सावित्रा धामी र सोनी पाख्रिनले समान ६ रन जोडे ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्