Logo

संविधान र राज्य सञ्चालनमा कहीँ न कहीँ त्रुटि छ, गम्भीर समीक्षा गरेर संशोधनमा जाने बेला भयोः कांग्रेस नेता सिटौला



काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछि यताका वर्षहरुको गम्भीर समीक्षा गरेर आवश्यक संशोधनमा जाने बेला भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान जारी भएको एक दशक पुग्नै लागेको र जनताले अपेक्षा गरेको परिवर्तनसमेत हुन नसकेको अवस्थमा संशोधनमा जान उपयुक्त हुने बताएका हुन् । उनले संविधान र राज्य सञ्चालनमा कहीँ न कहीँ त्रृटि रहेको दाबी गरे ।

‘संविधान सभाबाट हामी आफैंले बनाएको संविधान हामीले कति जनताको हितमा इमानदारितापूर्वक कार्यान्वयन गर्यौं ? संविधानमा कहीँ त्रुटि छ, अथवा राज्य सञ्चालनमा कहीँ त्रुटि छ । एक पटक गम्भीरतापूर्वक तपाईँ हामीले समीक्षा गर्ने बेला भएको छ,’– नेता सिटौलाले भने ।

परिवर्तनबाट जनताले राखेका आकांक्षा र संविधान सभाबाट संविधान जारी गरिएको संकल्प पूरा हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले संविधान जारी भएपछि यताका वर्षहरुको गम्भीरतापूर्वक समीक्षा गरेर आवश्यक संशोधन आजको आवश्यक्ता रहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्