काठमाडौं, २४ कार्तिक । नेपाल कम्युनिट पार्टीले सहकारी ठगी र भ्रष्टाचारमा संलग्नहरुलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफूहरुले सरकारलाई अन्तिम पटक समय दिएको र अब पनि सहकारी पीडितहरुले न्याय नपाए जनकारबाही गरिने बताएका हुन् । उनले सहकारी ठग र भ्रष्टाचारीहरुलाई कठालो समाएर जनताको बीचमा लगिने र पैसा फिर्ता नभएसम्म कब्जामा राखिने चेतावनी दिए ।
‘सबै ठगहरुलाई समातेर कारबाही गर्नुपर्यो । सरकारले गरोस् भन्ने छ हाम्रो, राज्यले गरेन भने हामी कारबाही गर्छौं । अहिले हामीले सरकारलाई गर भनेको हो, गरेन । सरकारलाई लास्ट टाइम यो । सरकारले गरेन भने नेपाल कम्युनिष्ट पार्टीले गर्छ । सहकारी ठगलाई कठालो समाएर जनताको बीचमा कारबाही गर्छौं । जनताको बीचमा ल्याएर, जुत्ताको माला लगाएर, जनताको नतिर्दासम्म कब्जामा राखिन्छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । File Photo/RN