Logo

एमाले सचिवालय बैठक जारी, मानव तस्करीमा जोडिएका लिलाबल्लभलाई होला त कारबाही ?



काठमाडौं, २४ कात्तिक । स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

बैठकमा आगामी मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाइने बताइएको छ । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

कोशी प्रदेशका निवर्तमान कानु्नमन्त्री लिलाबल्लभ अधिकारीको बारेमा पनि बैठकले निर्णय लिने बताइएको छ । मानव तस्करीमा जोडिएका अधिकारीलाई एमालेले साधारण सदस्यबाट समते निस्कासन गर्ने तयारी थालेको स्रोतको दाबी छ । निवर्तमान मन्त्री अधिकारी अनुमतिविना नै कुटनीतिक मर्यादा उल्लङ्घन गर्दैै मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु लिएर जापान पुगेका थिए । उनीसहितको टोलीलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएसँगै घटना सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्