Logo

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै



काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय मोरङलाई अधिकारीलाई काठमाडौं पठाइदिन भन्दै पत्राचार गरेको छ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरु लिएर जापान पुगेका थिए । तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई जापानको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाइदिएपछि उनी विवादमा तानिएका थिए ।

पूर्वमन्त्री अधिकारीसँग जापान पुगेका ३ जना युवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीको हिरासतमा रहेका युवाहरुले आफूहरु १० लाखदेखि १३ लाख रुपैयाँ तिरेर मन्त्री अधिकारीसँग जापान गएको बयान दिएका छन् । अधिकारीलाई पार्टीले पनि कारबाही गरिसकेको छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि अधिकारीलाई एमालेले सबै जिम्मेवारीबाट मुक्त गराएको छ । उनलाई आज नै जहाजमार्फत काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्