Logo

‘ज्युँदो रहँदासम्म रास्वपाको सभापति रवि लामिछाने’



काठमाडौं, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने पार्टीको आजीवन सदस्य रहेको बताएका छन् ।

आज (आइतबार) पोखरामा लामिछानेको पक्षमा प्रदर्शनपछि उनले लामिछाने ज्यूदो रहँदासम्म सभापति रहने बताएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो,’– उनले भने ।

लामिछानेले जेलबाटै भएपनि पार्टीको नेतृत्व गर्ने उपसभापति अर्यालले बताए । ‘जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्