Logo

आफ्नै आमासँग एमाले नेता लामाको अंश विवाद, सम्पत्ति विवरण देखाइ/सुनाइ लिखित प्रतिक्रिया पेश गर्न अदालतको आदेश



काठमाडौं, २५ कार्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व राज्यमन्त्रीसमेत रहेका रेशमबहादुर लामाले आफ्नी आमा डोलकुमारी लामाविरुद्ध दायर गरेको लिखत दर्ता बदर मुद्दामा अदालतले वादीसँग लिखित प्रतिक्रिया लिई पेश गर्न आदेश दिएको छ ।

आज (आइतबार) जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले प्रतिवादी डोलकुमारी लामाले पेश गरेको सम्पत्ति विवरण वादीलाई देखाई सुनाई लिखित प्रतिक्रिया लिई पेश गर्न आदेश दिएको हो ।

पूर्व राज्यमन्त्री लामाकी आमा डोलकुमारीले गत जेठ २१ गते अदालतमा आफूसँग भएको सम्पत्ति विवरण खुलाइदिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्