Logo

रास्वपा लाइन नबसी खान खोज्ने महत्वकांक्षी जमात होः कांग्रेस नेता खतिवडा (भिडिओसहित)



काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीले कानुन हातमा लिन खोजेको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा सहकारी ठगी र संगठित अपराधमा अदालतबाट अनुमति लिएर रवि लामिछानेलाई पक्राउ गर्दा रास्वपाले कानुनको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।

‘एक दिनपति सहकारी पीडितको पक्षमा आवाज नउठाउने रास्वपा आज ठगीको मुद्दा लागेर अदालतको अनुमतिबाट पक्राउ परी प्रहरीको हिरासतमा रहेको मान्छेको बारेका कानुन हातमा लिन चेष्टा गर्दै छ । हामी त्यसको विरोध गर्न चाहन्छा,ैं’– उनले भने ।

लामिछानेले सहकारीको पैसा श्रीमती, ससुरा र आफ्नो नाममा दुरुपयोग गरेको नेता खतिवडाको आरोप छ । आफूहरु सहकारी ठगीमा संलग्न सबैमाथि छानविन भएर कारबाही हुनुपर्ने पक्षमा रहेको बताए । कांग्रेस पार्टीकै उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङमाथि रेडकर्नर नोटिस जारी भइसकेको उनले बताए । ज्योति पक्राउ परेपछि धनराजको संलग्नताबारे प्रश्न उठेको खण्डमा धनराज पनि पक्राउ पर्ने उनले बताए । कांग्रेसले कसैलाई फसाउन र बचाउन नचाहेको नेता खतिवडाले बताए ।

नेता खतिवडाले रास्वपालाई लाइनमा नबसी खान खोज्ने महत्वकांक्षी जमातको रुपमा टिप्पणी गरे । उनले रास्वपामा कोही नेताहरुले देश र जनता नबुझेको दाबी गरे । विदेश गएर पढेका डिग्रीधारीहरुलाई जनता के हो भन्ने कुरा नै थाहा नरहेको उनको टिप्पणी छ ।

‘त्यहाँ एउटा यस्तो महत्वकांक्षी जमात आएको छ । लाइनमा नबसी खान पाउने जमात । पहिला त लाइनमा बसेर दुख गरेका, कष्ट गरेका, आन्दोलनमा हिँडेका धेरै साथीहरु हुन्थे । बाहिर गएर अलिअलि अध्ययन गरेका, बढेलेखेका हौं भन्ने, डिग्रीधारी हौं भन्ने अनि जनता के हो थाहा नहुने । उहाँहरुलाई जनतासँग सरोकार छैन । हामी आन्दोलन गर्छौं, मर्न परेपनि तयार छौं भन्नुभएको छ । के–का लागि सहादात प्राप्त गर्ने ? पीडितहरुका लागि हो ?’ उनले प्रश्न गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्