Logo

स्वर्णिम र रविबीच पुनः भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष



काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

हिजोमात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सभापति लामिछानेलाई भेटेर बाहिरिने क्रममा उपसभापति वाग्लेले राजनीतिक दलहरुले प्रतिशोध साँधेको दाबी गरे । प्रतिशोधकै कारण लामिछानेलाई यति लामो समय हिरासतमा राखिएको उनले बताए ।

राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको छ । हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं,’– उनले भने ।

उपसभाति वाग्लेले सभापति लामिछानेलाई प्रतिशोध साँधेर हिरासतमा राखिँदा नागरिकमा रास्वपाप्रति सहानुभूति बढेको बताए । उनले अब रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्