काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न स्थानीय तह निर्वाचनमा होमिएको छ । रास्वपाले स्थानीय तह निर्वाचनमा आफ्ना केही उम्मेदवारहरुको नामसमेत सार्वजनिक गरिसकेको छ ।
‘स्थानीय तह सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार आकांक्षी उम्मेदवारहरुबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस पश्चात् देहायका उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन हुनुभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि प्रकाशित गरिएको छ,’– रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।