Logo

धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन उम्मेदवारलाई फेरि बोलाइयो अन्तर्वार्तामा



काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।

नीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो। यसअघि असोज १८ गतेका लागि अन्तर्वार्ता तोकिए पनि विशेष कारण भन्दै अर्थ मन्त्रालयले स्थगन गरेको थियो। २०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ।

सर्टलिस्टमा परेका पाँचमध्ये ३ जनाको अन्तर्वार्ता तथा कार्यप्रस्तुती हुन सकेको छैन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्