काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।
प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।