Logo

परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न फूलमालासहित डडेल्धुरा बसपार्क आउन कांग्रेसको उर्दी



काठमाडौं । नेपाली कांग्रेसले डडेलधुरा आउन लागेकी कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवको स्वागतका लागि उपस्थित हुने उर्दी जारी गरेको छ । आज जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूलमालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन उर्दी जारी गरेको हो ।

पार्टी सभापति भीमबहादुर साउँदले बुधबार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन्। परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ।

सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्‍त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन्।

कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनदेखि डडेल्धुरामै छन् । देउवा पत्नी राणा भने आज डडेल्धुरा जान लागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्