Logo

देश बनाउने ठेक्का लिएका ठेकेदार राज्यमन्त्री कान्छारामले सडक नै बनाउन सकेनन्, कर्णाली सरकारको अल्टिमेटम



काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति, प्रतिनिधि सभा सदस्य एवं संघीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छारामको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. लाई कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयले समयमै ठेक्का सम्पन्न गर्न ताकेता गरेको छ । उक्त ठेक्काको म्याद आगामी मंसिर २० गतेसम्म मात्रै रहेको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ठेक्काको म्यादभित्र काम सम्पन्न गर्न ताकेता गरेको हो । प्रदेश राजधानी विरेन्द्र नगरको रोड विस्तारको काम ठेक्का लागेको ३ वर्ष वितिसक्दा पनि सुरु भएको छैन । २०७८ भदौ १७ गते उक्त रोड निर्माणको लागि ठेक्का लागेको थियो । तर, अहिलेसम्म ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले अटेर गरी निर्माण कार्य अलपत्र पारेको छ ।

संघीय सरकारको राज्यमन्त्री रहेका कान्छाराम विवादित ठेकेदार हुन् । यतिसम्मकी आफ्नै निर्वाचन क्षेत्रको ठेक्कासमेत समयमा सम्पन्न नगरेका कारण त्यहाँका जनताले आन्दोलन नै गर्नुपरेको थियो । देशभरका विभिन्न ठाउँमा उनको ठेक्का अलपत्र अवस्थामा छ । राज्यमन्त्री कान्छारामको उक्त कम्पनी सडक विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्ष छ महिनाका लागि कालो सूचीमा समेत राखिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने कान्छारामले पद र शक्तिको दुरुपयोग गरी विभिन्न ठेक्का अलपत्र पार्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्