काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएपनि उनीहरुले अहिलेसम्म समय पाएका छैनन् । प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको र हिरासतमा राखिएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले अहिलेसम्म समय नदिएकाले भेटको समय भने तय भइसकेको छैन । रास्वपा सभापति लामिछाने अहिले रुपन्देही प्रहरीको नियन्त्रणमा छन् । सहकारी ठगी प्रकरणमा उनको बयान भइरहेको छ । आज नै उनको बयान सकाएर पोखरा फर्काउने तयारी रहेको बताइएको छ ।