Logo

विराजभक्तको अश्लिल अभिव्यक्तिबारे रास्वपाको स्पष्टोक्तिः ‘सीमा नाध्न पाईँदैन’



काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएको एक अश्लिल अभिव्यक्तिबारे पार्टीले सीमा ननाघ्न भनेको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उनलाई सीमा नाघ्ने छुट नगरको बताए ।

आज (बिहिबार) बसेको रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै प्रमुख सचेतक परियारले मर्यादाभन्दा पर गएर कुरा गर्ने छुट सांसद् वा सामान्य नागरिक कसैलाई पनि रहेको बताए ।

‘हामीले जिम्मेवारी पनि लिएका छौं । आम रुपमा माफी पनि मागेका छौं । माननीयले मात्रै होईन, सामान्य मानिसले पनि मर्यादाभन्दा पर गएर कुरा गर्न पाइँदैन । सीमा नाध्न पाईँदैन । यो विषयमा पार्टी गम्भीर छ । त्यो विषयमा साथीहरुलाई सम्झाइएको पनि छ,’– प्रमुख सचेतक परियारले भने ।

रास्वपा सांसद एवं पूर्वमन्त्री श्रेष्ठले रवि लामिछानेको पक्राउको विरुद्धमा आयोजित विरोध सभामा ‘यो गणतन्त्र हो कि .. तन्त्र ?’ भनी अश्लिल शब्द प्रयोग गरेका थिए । उनको त्यो अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्