काठमाडौं, २९ कार्तिक । काठमाडौं जिल्ला अदालतले सवारी दुर्घटनामा पक्राउ परेका भाइरल झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । हिजो (बुधबार) उनी सवार गाडी दुर्घटनामा परेको थियो । सो क्रममा १ जनाको मृत्यु भएको थियो भने १ जना गम्भीर घाइते छन् ।
सवारी दुर्घटना भएपछि फरार भएका झाँक्री भुजेलले बेलुका बौद्ध प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनलाई सवारी ज्यान मुद्दा चलाउने तयारी रहेको छ ।