Logo

उपनिर्वाचन: एकीकृत समाजवादीले १३ स्थानमा टुंग्यायो उम्मेदवार, को कहाँ ?



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि हालसम्म १३ स्थानमा उम्मेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले आज १३ स्थानमा उम्मेदवारी टुंग्याएको जानकारी दिएको हो ।

कहाँ को उम्मेदार ?

कोशी

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष- दिलबहादुर विश्वकर्मी

सुनसरीको गढी गाउँपलिका वडा नं ६ वडाध्यक्ष- डोमी उराव

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष- निर्मला चौधरी

मधेश

धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष- गोपालीसाह

रौतहटको गढीमाइ नगरपालिका वडा नं ८ वडाध्यक्ष- वजरंगीप्रसाद यादव

रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष- सदरे आलम

बागमती

नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष- मानबहादुर लामा

मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष- बलराम बल

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष- रविना खड्का

काठमाडौं महानगरपालिका १६ वडाध्यक्ष- मिनबहादुर मानन्धर

कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष- रिता खड्का

सुदुरपश्चिम

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष- जवा शाही

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६-जीतेन्द्र चन्द

उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्