Logo

जनताले चाहेभने फेरि राजा फर्किन सक्छन्ः कांग्रेस नेता केसी



काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जनताले चाहेको खण्डमा नेपालमा फेरि राजा फर्किन सक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले राजा फर्किने वा नफर्किने भन्ने कुरा जनताको चाहनामा भर पर्ने बताएका हुन् । उनले निर्णायक विन्दुमा जनता रहेको र जनताले चाहेको खण्डमा कुनै पनि परिवर्तन हुनसक्ने बताएका हुन् ।

बेलायतको उद्धाहरण प्रस्तुत गर्दै उनले भने, ‘सम्भावना अनन्त हुन्छ । जनताले चाहेभने संसारमा के चिज फर्किएको छैन ? काटिएको चाल्र्स १४ बेलायतमा फेरि त्यही वंश फिर्ता भएको छ । यो जनताको चाहनामा निर्भर हुने कुरा हो । जनताले चाहेभने कुनै पनि रिवर्तन हुनसक्छ । निर्णायक विन्दु जनता हो ।’



प्रतिक्रिया दिनुहोस्