Logo

वैदेशिक रोजगारीमा जाने क्रममा सन्ध्या ओभरसिजबाट ठगिएको जयराम धामीको आरोप



काठमाडौं, ३ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका– १० का जयराम धामीले आफू वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू सन्ध्या ओभरसिज प्रा.लि. बाट वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा ११ महिनामै फर्किनुपरेको बताए । २ वर्षको करारमा मलेसिया गएकोमा कम्पनीले ११ महिनामै फर्कादिँदा पनि आफूले क्षतिपूर्ति नपाएको बताए ।

मलेसिया गएको ८ महिनापछि कम्पनीले स्यालरी कट्टा गर्न थालेपछि आफूले नेपाली राजदूतावासमा उजुरी गरेको र उजुरी गरेकै कारण आफूलाई कम्पनीले नेपाल फिर्ता पठाइदिएको उनले बताए । उनले आफूलाई कम्पनीले बीचमै नेपाल फिर्ता पठाएपनि सन्ध्या ओभरसिजले कुनै क्षतिपूर्ति नदिएको बताए । उनले आफूलाई साढे ३ लाख रुपैयाँ हानी नोक्सानी भएकाले उक्त रकम सन्ध्या ओभरसिजले दिनुपर्ने माग राखे । आफूलाई वैदेशिक रोजगार विभागले पनि सहयोग नगरेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्